प्रदेश

किलोको ६० रुपैयाँमा प्याज किन्न थापाथलीमा लाइन

१२ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो । बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा …

किलोको ६० रुपैयाँमा प्याज किन्न थापाथलीमा लाइन Read More »

धनकुटामा पहिरोबाट १२ घरमा क्षति

धनकुटा — अविरल वर्षापछि धनकुटा नगरपालिका ६ फोक्लेन्ड टापुमा पहिरो जाँदा १२ घरमा क्षति पुगेको छ । पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ भने ३ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । स्थानीय पदमशेर राई, जोसना राई र विशालहाङ राईको परिवार विस्थापित भएका छन् भने तोर्णदिप तिगेला, सन्तविर लामा, इन्द्रमाया लिम्बू, खड्ग कटुवाल, रितु श्रेष्ठ …

धनकुटामा पहिरोबाट १२ घरमा क्षति Read More »

राजमार्गमा घण्टौं जाम

परासी, पाल्पा — नवलपरासीको दाउन्ने खण्ड पूर्व–पश्चिम राजमार्गअन्तर्गत अति व्यस्तमध्येको घुम्ती सडक हो । गत बुधबार यहाँको १५ किलोमिटर खण्डका ६ ठाउँमा पहिरो खस्यो । बन्द रहेको आवागमन शुक्रबार बिहानबाट एकतर्फी खुल्यो । खुले पनि जामका कारण सवारीले यो खण्ड पार गर्न घण्टौं लाग्ने गरेको छ । गाडीको लामो जामले अत्याएका बेला शनिबार बिहान फेरि पहिरो खस्यो । बसमाथि खसेको …

राजमार्गमा घण्टौं जाम Read More »

पीसीआर गर्नेको भीड थाम्नै मुस्किल

काठमाडौँ — आइतबार बिहान ३ बजेतिर मीरादेवी टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाइन कहाँबाट सुरु भएको हो मेसो पाउन उनलाई सकस भयो । अस्पतालभन्दा करिब एक किलोमिटर टाढा पुगेपछि मात्रै लाइन टुंगियो । विष्णुमती नदीपारिबाट लाइन लागेकी उनले दिउँसो २ बज्दासम्म पनि अस्पताल छिर्न पाएकी थिइनन् । तर यत्तिकैमा स्वाब …

पीसीआर गर्नेको भीड थाम्नै मुस्किल Read More »

धरापमै बसोबास

स्याङ्जा — तमादीमा बिहीबार पहिरो जाँदा स्थानीय माया नेपालीसहित उनको घरका ९ जनाले ज्यान गुमाए । शुक्रबार फेरि खसेको पहिरोले २ घर विस्थापित भए । ‘पहिरोका कारण एक दर्जन घर झुन्डिएका छन्,’ वालिङ–१४ तमादीका टीकाराम लुइँटेलले भने, ‘मेलापात र घरधन्दाले दिन त बितिहाल्छ , रातको समय बढी जोखिम छ । डरलाग्दो गरी पानी आउँछ ।’ धेरै परिवार छिमेकमा मिलेर राति …

धरापमै बसोबास Read More »

अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

बझाङ — सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । सम्झनाको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाहीको …

अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार ! Read More »

कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल

काँकडभिट्टा — कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । स्थानीय संक्रमितहरुलाई उपचारका लागि बाहिर लैजानु नपरोस् भनेर अस्थायी रुपमा अस्पताल खडा गरिएको …

कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल Read More »