Menu Close

हनुमानढोका दरबारमा वसन्त श्रवण

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाईदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति उपस्थिति भएकी छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्पति नन्दकिशोर पासाङ्ग , प्रधानमन्त्री केपी ओली, सभामुख अग्नी सापकोटाको न सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *