काठमाण्डाैकाे टाेखामा एक युवककाे हत्या गरेकाे अाराेपमा प्रहरीले ३ जनालाइ प्रकाउ गरेकाे छ । हत्या अभियाेगमा भारतिय नागरीक भुपेन्द्र कुमार राैतहटका माेहम्मद कासिम र अर्का एकजनालाइ प्रकाउ गरेकाे प्रहरीले जनाएकाे छ ।
गत फागुन २९ गते टोखा नगरपालिका–१ मा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । आशिष लागूऔषध दुर्व्यसनीसमेत रहेको बताइएको छ । लागूऔषध सेवन गरी भएको झगडामा कुटपिटपछि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेकाे छ ।