Menu Close

सामसङको ‘ग्यालेक्सी एस२१’ सिरिजको बिक्री सुरु

सामसङ नेपालले एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रा स्मार्टफोनहरुको बिक्री सुरू गरेको छ ।बोल्ड डिजानइ, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यि फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने छ ।

नयाँ एस २१ सिरिज मा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ । एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रामा अन्य स्मार्टफोनहरुमा नभएका एवं अतुलनीय सुविधाहरु विद्यमान रहेका छन् ।

‘सामसङ एस २१ सिरिजको प्रि बुकिङ्गमा भएको उल्लेखनीय सहभागीता एवं प्रतिकृयाबाट वास्तवमै हामीलाई अझै उत्साहित बनाएको छ, यस सहभागीता एवं सकारात्मक प्रतिकृयाको लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । सामसङमा, हामीले निरन्तर नयाँ आविष्कारहरु गरी स्मार्टफोनको जगतमा नयाा आयाम थपेका छौं । नयाँ एस २१ सिरिज यसैको अर्थपूर्ण आविष्कारको प्रमाण पनि हो । प्रयोगकर्ताहरुको दैनिक जिवनलाई अझै सहज एवं समृद्ध बनाएको छ र प्रयोगकर्ताहरुले के चाहनुहुन्छ त्यो भन्दा अझै बढी प्रदान गरिएको छ,’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणयरत्न स्थापितले भने ।

आकर्षक डिजाइन एवं स्टाइल

ग्यालेक्सी एस २१ सिरिजले वास्तवमै एक नयाँ डिजाइन र बोल्ड नयाँ शैली प्रदान गरेर अरु स्मार्टफोन भन्दा पृथक बन्न पुगेको छ । एस २१ सिरिज सबै तीन स्मार्टफोनहरु आइकनिक डिजाइनको साथ बोल्ड एवं स्ट्राइकिङ्ग एस्थेटिक्सको साथ उपलब्ध रहेको छ ।

ग्यालेक्सी एस २१ अल्ट्रामा विशेष रूपमा कम्प्याक्ट ६।८ इन्च डिस्प्लेको प्रदान गरिएको छ । यसले इन्टलिजेन्ट, एज टु एज डाइनामिक एमोलेड २ एक्स इन्फिनिटी(ओ डिस्प्ले, सहज सक्रालिङ तथा उत्कृष्ट दृश्यावलोकनको लागिएडप्टिभ १२० हर्ज रिफ्रेस रेट तथा क्वाड एचडी प्ल डिस्प्ले रहेको छ । एस २१, एस २१ प्लास तथा एस २१ अल्ट्रामा आँखालाई थकान अनुभव नहुने विशेष आई कम्र्फट सिल्ड पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *