काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसलाले अधिनायक आकांक्षालाई समेत बदर गरेको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय पछि सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता शर्माले सर्वोच्चको फैसलाले संविधान रक्षा गर्दै जनताको जीत भएको बताएका छन् ।
उनले भनेका छन्, ‘ न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’