गायिका शान्तीश्री परियार र विजय सुनामको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक भएको छ । सन्तोष पन्तको शब्द रहेको गीतमा गायक विजय सनमले नै संगीत दिएका छन् ।
पशुपति म्युजिकले बजारमा ल्याएको गीतमा संगीत संयोजन विनोद पराजुलीले गरेका छन् । शिव पौडेल निर्माता रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सारिक केसी, शिशिर पौडेल, दीप काफ्लेको अभिनय देख्न सकिन्छ ।