Menu Close

वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव टाढा छैन – गगन थापा

काठमाडौँ  । नेपाली काँग्रेसका युवा नेता गगन थापाले बैतडीमा काँग्रेस सभामा भएको नेकपा ओली पक्षको आक्रमणको निन्दा गरेका छन् ।

नेता थापाले हिंसा कायरहरूको हतियार हो भन्दै निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै थापाले वैधता र वैधानिकता दुवै गुमाएको केपी शर्मा ओली सरकारको पतन अब धेरै टाढा नभएको बताएका छन् ।

उनले भनेका छन् – 

बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ । हिंसा कायरहरूको हतियार हो । निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो । वैधता र वैधानिकता दुवै गुमाएको केपी शर्मा ओली सरकारको पतन अव धेरै टाढा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *