Menu Close

भागरथीको बलात्कारपछि हत्या अभियोगमा किशोर पक्राउ

काठमाडौँ  । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेको छ ।

भागरथी मृत भेटिएको १३औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको पुष्टि गरेको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरीले बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने पुष्टि गरेको छ । 

पक्राउ परेका किशोरले बयानका क्रममा अपराध स्वीकार गरिसकेको प्रहरीले बताएको छ । भट्ट थरका ती युवक भागरथीकै छिमेकी र नातेदार रहेको समेत खुलासा भएको । 

भागरथी अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनले भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको हत्या गरिदिएको प्रहरीलाई बताएका छन् । 

घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो । ती युवक भागरथीको न्यायका लागि हुने प्रर्दशनमा समेत सहभागी हुने गरेका थिए । 

अभियोग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुर्याएको छ ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । 

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *