Menu Close

प्राविधिक कर्मचारी फरार

 काठमाडौँ । कर्मचारी संकेत नम्बर १४६०३३ तोयानाथ बराल राजपत्रांकित तृतीय श्रेणीका सहायक पशु चिकित्सक हुन् । उनको दरबन्दी पशु क्वारेन्टिन चेकपोस्ट बर्दिया हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल कृषि भेटेरिनरी सेवा समूहका बराल २०५६ सालदेखि मन्त्रालयको सम्पर्कमा छैनन् ।

मन्त्रालयका अनुसार २०५६ साल पुस ७ गतेको सरुवा निर्णयपछि बराल मन्त्रालयको रेकर्डमा छैनन् । पशु सेवा विभाग हरिहर भवनमा दरबन्दी भएका वरिष्ठ पशु चिकित्सक शिवचन्द्र घिमिरे मन्त्रालयको सम्पर्कमा नरहेको २१ वर्ष भयो । उनी २०५६ चैत १५ गतेदेखि बिनासूचना सेवामा अनुपस्थित छन् ।

जिल्ला पशु सेवा कार्यालय झापामा अन्तिम दरबन्दी कायम रहेका पशु विकास अधिकृत यादव शर्मा बजगाईं पनि २०७४ सालदेखि मन्त्रालयको सम्पर्कमा छैनन् । उनको अध्ययन बिदा ०७४ जेठमा म्याद सकिएको थियो ।

मन्त्रालयका अनुसार २०५३ सालदेखि बिना सूचना सम्पर्क बाहिर रहेका कर्मचारीको संख्या एक दर्जन हाराहारीमा छ । पछिल्लो अभिलेख अनुसार तिनमा ११ जना अधिकृत तहका पशु चिकित्सक र एक जना पशु विकास अधिकृत छन् ।

श्रीराम घिमिरे सम्पर्कमा नरहेकामध्ये अधिकांश कर्मचारी विदेश पलायन भएको बताउँछन् । उनी भन्छन्, ‘सरकारी कोटामा विदेशमा अध्ययन गर्ने मौका पाएकाहरू राम्रो सुविधा पाएर उतै बसेको पाइयो ।’

कर्मचारी किन भाग्छन् ?

पूर्व मुख्यसचिव डा। विमल कोइराला बताउँछन् ‘यहाँ कर्मचारीतन्त्रमा राजनीतिकरण र वृत्ति बिकासमा उल्झन छ’, उनी भन्छन्, ‘मुलुकको वातावरण राम्रो नहुदासम्म कर्मचारी भाग्ने समस्या रहिरहन्छ ।’ । तर, विदेशमा राम्रो अवसर पाए नेपालका सबै क्षेत्रका कर्मचारी पलायन हुने अवस्था रहेको छ ।

नेपालमा १० वर्षमा जोगिने पैसा विदेशमा एकै वर्षमा कमाइ हुने भएपछि कर्मचारीहरूले जागिर र मुलुक छोड्ने गरेको भट्टराई बताउँछन् । उनका अनुसार प्राविधिक क्षेत्रका कर्मचारीले विदेशमा अवसर र आर्थिक सुरक्षा पाउने हुँदा उनीहरूमात्र पलायन भएको देखिएको हो ।

उनी बताउँछन् देश बनाउने मेरुदण्ड भएकाले प्राविधिक कर्मचारी बढी आवश्यक भएकोले उनीहरूबारे सरकारले विशेष ध्यान दिनुपर्ने । , ‘काम गर्ने वातावरण विकास गर्ने, खोज अनुसन्धानको दायरा बढाउने र कुनै बेला दक्षिण कोरियाले गरेझैं धेरै सुविधा दिएर प्राविधिक कर्मचारीलाई रोक्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *