Menu Close

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाको सामना गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने र प्रतिनिधिसभाको सामना गरेर नै फैसलाको कार्यान्वयन गर्ने बताएका छन् ।

उनले भनेका छन् – 

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । 
प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *