Menu Close

प्रधानमन्त्री ओलीले आज आफ्नो तीन बर्षे कार्यकालमा गरेका कामको ब्रिफिङ गर्दै

  काठमाडौँ । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएको तीन बर्ष पुरा भएको छ । ओलीले २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका थिए ।

आफ्नो कार्यकालको तीन बर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले यस अवधिमा सरकारले गरेका कामको ब्रिफिङ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सिहदरबारका तीन मोहडा (उत्तर, पूर्व र दक्षिण) को पुनर्निमाण सम्पन्न भएकोमा समुद्घाटन पछि ब्रिफिङ गर्ने तयारी गरेको उनको सचिवालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *