Menu Close

मङ्गल ग्रहमा ट्राफिक जाम;

पृथ्वीको छिमेकी ग्रह मङ्गलको आकाशमा ट्राफिक जामको अवस्था आउने सङ्केत देखिएको छ । एकपछि अर्को गरी तीन देशका छुट्टाछुट्टै यान मङ्गल ग्रहको अन्तरिक्षमा प्रवेश गर्न गइरहेका छन् ।

युनाइटेड अरब एमिरेट्स, चीन र अमेरिकाले पठाएका यान एकपछि अर्को गरी मङ्गल ग्रहको परिक्रमा गर्दै ल्यान्डिङ गर्ने क्रममा रहेका छन् । यस क्रममा यूएईको अन्तरिक्ष यान ‘होप’ मङ्गलको धेरै नजिक पुगिसकेको छ । यसले आज नै मङ्गल ग्रहको कक्षामा प्रवेश गर्ने सम्भावना छ । यूएईको यस मङ्गलयानपछि चीन र अमेरिकाको मङ्गल अभियानका आर्बिटर मङ्गलको कक्षामा प्रवेश गर्न गइरहेका छन् ।

अहिलेसम्म मङ्गल ग्रहको धरातलमा अवतरण गर्ने श्रेय अमेरिकासँग मात्रै छ । अमेरिकाका विभिन्न यानले ८ पटक मङ्गलमा टेकिसकेका छन् । अमेरिकाले १९७० कै दशकमा मङ्गल ग्रहमा सफल अवतरण गरेको थियो । १९७६ मा अमेरिकाको भाइकिङ १ र भाइकिङ २ अभियानले मङ्गल विजय गरेको थियो । १९९७ मा अमेरकी मङ्गल अभियान का ुपाथफाइन्डर लैन्डर र सोजार्नर रोवरले मङ्गल ग्रहको सफल आरोहण गरेर तहलका मचाएका थिए । अमेरिकाका दुईवटा ल्यान्डर अहिले पनि मङ्गल ग्रहमा विचरण गरिरहेका छन् ती हुन इन्साइट र क्युरियोसिटी ।

मङ्गल ग्रहको अन्तरिक्षमा भने यी तीनवटा अभियानका आर्बिटर पुग्नुभन्दा पहिला नै ६ वटा आर्बिटर रहेका छन् । यी सबैले मङ्गल ग्रहका बारेमा विभिन्न जानकारी पठाउने काम गरिरहेका छन् । यसमा तीनवटा आर्बिटर अमेरिकाका २ वटा आर्बिटर युरोपियन स्पेस एजेन्सीका र एउटा भारतको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *