प्युठान । प्युठानकाे झिमरुक गाउपालिकाले जेष्ठनागरिकहरुका लागि उपाध्यक्ष काेशेलि कार्यक्रम संचालन गरेकाे छ। यस बर्ष देखि गाउपालिकामा रहेका १५० जना ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिककाे घरघरमै पुगेर निशुल्क स्वास्थ्य जाँच गरि निशुल्क अाैषधि उपलब्ध गराई घरपरिवारका अन्य सदस्यहरुलाई जेष्ठ नागरिककाे हेरचाह सरसफाई र खानपिन बारे उचित परामर्स दिएकाे गाउपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केशिले बताउनु भयाे।
यस बर्ष देखि झिमरुक गाउपालिकाले तीन लाख रुपैया बजेट छुट्टाएर उपाध्यक्ष काेशेलि कार्यक्रम संचालन गरि जेष्ठनागरिकहरुकाे घरघरमा पुगि टाेपि,टाबेल,माेजा,साबुन,पाउडर,नङकट,संगै हर्लेस च्यावनप्राश गरि एक जेष्ठ नागरिक बराबर रु दुई हजार पाच सयकाे काेशेलि बाेकि घरघरमा गाउपालिका अध्यक्ष तिलक बहादुर जि सि उपाध्यक्ष पबित्रा जिसि स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधिहरु जेष्ठनागरिककाे घरदैलोमा पुगेका छन।झिमरुक गाउपालिका चार निबासि ८६ बर्षिय भाेटमान जिसिले अाफुलाई घरमै स्वास्थ्य कर्मि अाई पटक पटक निशुल्क स्वास्थ्य परिक्षण गरि अाैषधि उपचार पाउँदा अझै कयाै बर्ष बाच्ने हिम्मत जागेकाे बताउनु भयाे भने नब्बे बर्षिय अमृता कुमारि जि सि ले काेशेलि बाेकेर गाउपालिकाका जनप्रतिनिधि स्वास्थ कर्मि अाफुलाई भेट्न अाउदा भगबान अाए जस्ताेे भएकाे बताउनु भयाे नब्बे बर्षकाे उमेरमा पनि घरायसि सामान्य काममा निरन्तर खटिने अमृता जिसिले अाफुले कान कम सुनेपनि स्वास्थ रहेकाे बताउदै धन्यवाद दिनुभयाे। उता अाफुले काेशेलि पाउदा पुरस्कार पाएकाे अनुभुती गर्दै बयानब्बे बर्षिय रिमबहादुर जिसिले झिमरुक सरकार सधैभरि जेष्ठनागरिककाे स्वास्थमा चासाे दिदा स्थानिय सरकार अाएकाे अनुभूति भएकाे सुनाउनु भयाे साथै उहाले अन्य सामाजिक क्षेत्र यातयात लगाएतका ठाउमा पनि सहज बनाउन अाग्रह गर्नुभयाे।
जेष्ठ नागरिकहरुमा प्राय गरि हाई प्रेसर,कान कम सुन्ने समस्या रहेकाे स्वास्थ शाखा प्रमुख केशिले बताउनु भयाे । जेष्ठ नागरिकलाई घरमै पुगेर सेबा गर्न पाउँदा अाफुलाई खुसि लागेकाे र जेष्ठनागरिककाे साथमा रहेकाे गाउपालिका उपाध्यक्ष पबित्रा जिसिले बताउनु भयाे । उहाले झिमरुक गाउपालिकाका अाठअाेटै वडामा रहेका १५० जना जेष्ठनागरिकलाई काेशेलि बाेकेर जाने र उनिहरुकाे स्वास्थमनाेबल बढाउन सहयोग बताउनुभयाे।
जेष्ठनागरिकहरुकाे सल्लाह सुझाबलाई मनन गरि गाउपालिकाकाे बिकास निर्माणमा सहानुभूति थपिएकाे अध्यक्ष तिलक बहादुर जिसिले बताउनुभयाे।