Menu Close

‘उत्तराखण्डजस्तै खतरामा छ नेपाल’

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतको उत्तराखण्डको चमोलीमा हिमनदी फुट्दा गएको बाढीको कारण दुई दर्जनको मृत्यु भइसकेको छ भने डेढ सयभन्दा बढी सम्पर्कविहीन छन् । यद्यपि अझै एकिन तथ्यांक आउन बाँकी छ । यसअघि २०१३ मा केदारनाथमा आएको बाढीले पनि धनजनको ठूलो क्षति र्पुयाएको थियो ।

तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुटेर त्यसबाट विशाल परिमाणमा पानी निस्किदा चमोलीमा घटना भएको हुन सक्ने भारतीय विज्ञहरुले बताएका छन् । विज्ञहरुले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र गतिमा हिमनदी पग्लने हुँदा खतरनाक स्तरमा हिमतालहरू विस्तार भइरहेको र नयाँ हिमताल निर्माण भइरहेको पनि बताएका छन् ।

नेपालका हिमतालहरु पनि उही रेन्जमा भएकाले उत्तराखण्डको अवस्था नेपालमा पनि आउनसक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘हरेक दश वर्षजसोमा ठूला बाढीहरु आएका छन् । कुनै पनि समय नेपालमा ठूलो दुर्घटना नहोला भन्न सकिदैन ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा तीन हजार बढी हिमतालहरु छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् । त्यस्तै, तिब्बतका २६ वटा ताल अति जोखिममा छन् जसले नेपालमा कुनै पनि बेला असर र्पुयाउन सक्छ ।

अति जोखिमयुक्त तालमध्ये गत वर्ष च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको पनि श्रेष्ठले बताए । त्यस्तै, प्रत्येक वर्ष चार वटा ताललाई जोखिम न्युनीकरण गर्ने योजना रहेको उनको भनाइ छ । पछिल्लो क्रममा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रुपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमतालहरु खतरामा रहेको उनको भनाइ छ ।

अति जोखिमयुक्त तालमध्ये गत वर्ष च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको पनि श्रेष्ठले बताए । त्यस्तै, प्रत्येक वर्ष चार वटा ताललाई जोखिम न्युनीकरण गर्ने योजना रहेको उनको भनाइ छ । पछिल्लो क्रममा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रुपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमतालहरु खतरामा रहेको उनको भनाइ छ । नेपालका ३ हजार मिटरभन्दा माथिका तालहरुलाई अति जोखिमको रुपमा लिने गरिन्छ । तर, अपवादको रुपमा कास्की जिल्लामा अवस्थित २५ सय मिटरको उचाइमा रहेको कोपुचे हिमताल उच्च जोखिममा छ । जोखिम न्युनीकरण र पूर्वसूचनाको प्रविधि विकास गर्न खर्चिलो भएकाले र सरकारी बजेट पनि प्रयाप्त उपलब्ध नभएकाले यस क्षेत्रमा काम गर्न कठिनाइ भइरहेको श्रेष्ठको भनाइ छ ।

इम्जा ताल

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० ले सन् २०११ मा गरेको अनुसन्धान प्रतिवेदनले इम्जा ताल विस्फोट भए दूधकोशी नदीको एक सय किलोमिटर तलसम्मको तटीय क्षेत्रका ९६ हजार मानिस प्रत्यक्ष र पाँच लाख अप्रत्यक्ष रूपमा प्रभावित हुने देखाएको छ ।

‘२०१२ मा सेतीमा ठूलो बाढी आएर मानिसहरु मरे, भोटेकोशीमा घटना भयो, १९८४ मा विक्सो फुटेर पुल बस्तीहरु बगायो, च्छोरोल्पा फुट्न सक्छ’, अजय दीक्षितले भने, ‘पछिल्लो समयमा हिउ पग्लने डर बढ्यो र तालमा आयतन पनि बढ्यो । यस्ता घटनाहरु नेपालमा भइरहने देखिन्छ ।’

मनाङ र लमजुङ जिल्लाबीचको ठूलागी, सोलुखुम्बूको इम्जा, मकालु क्षेत्रको वरुण र दोलखाको च्छोरोल्पामा कुनै पनि बेला दुर्घटना हुन सक्ने तालहरुमा पर्छन् ।

विगतका केही दृष्य

२०१२ मा सेती जलधारको हिमतालमा चट्टान खस्दा सेतीमा आएको बाढीले १४ घर बगाएको थियो । यस्ता घटना थुप्रै भोग्नुपरेको छ नेपालले ।

चीनतर्फको हिमताल फुट्दा २०७३ असारमा भोटेकोशीमा आएको बाढीले १२५ भन्दा बढी घर बगाएको थियो भने तीन अर्बभन्दा बढी आर्थिक क्षति र्पुयायो । त्यसअघि, १९३५ मा तिब्बतको तारा च्छो हिमताल फुटेर भोटेकोशीमै आएको बाढीले साढे ६६ हजार वर्गकिमि खेतीयोग्य जमीन कटान गरेको इसिमोड बताउँछ ।

२०१७ मा लाङमाले फुट्दा बरुणमा बाढी आयो । सन् १९८१ मा तिब्बतको झाङजाम्बु हिमताल फुटेर सुनकोशीमा आएको बाढीले सयौं घरसहित १२ वटा पुल, २७ किमि सडक र सुनकोशी पावर हाउस बगाएको थियो । त्यस्तै, १९९८ मा तामपोखरी हिमताल विस्फोट भएर दूधकोशीमा बाढी आउँदा अहिलेको हिसाबमा रु। १ खर्बभन्दा बढी क्षति भएको थियो । यी केही प्रतिनिधिमुलक घटना मात्र हुन् ।

यो पनि पढ्नुहोस

हिमतालहरु विस्फोट हुने तहमा पुग्दैछन्, सतर्क रहन विज्ञको सुझाव

पूर्व तयारीमा ध्यान नर्पुयाउने हो भने भविश्यमा झन् ठूलो क्षतिको सामना गर्नुपर्ने दीक्षित बताउँछन् । उनले भने, ‘कम्तिमा पनि हामीले खतराको सूचना दिने संयन्त्र जडान गर्नुपर्छ ।’

इसिमोडकै प्रतिवेदनले तल्लो बरुण हिमताल विस्फोट भए ५० हजार जनसंख्या प्रभावित हुन सक्छ । इम्जा हिमताल फुटे सोलुखुम्बुको छेवाङ र नाम्चे बजारसहित, ओखलढुंगा, उदयपुर, सिरहा, सप्तरी र महोत्तरीका ५० हजार बासिन्दा प्रभावित हुने सम्भावना छ । इम्जाजस्तै जोखिमयुक्त सन् १९५० पछि बनेका अधिकांश हिमताल फुट्ने खतरामा छन् ।

दुई तालमा मात्र पूर्वसूचना प्रणाली

इम्जा र च्छोरोल्पा तालमा खतराको पूर्वसूचना दिने प्रणाली जडान गरेको विक्रम श्रेष्ठले बताए । उनले भने, ‘त्यहाँ ताल फुट्नेवित्तिकै संसारको जुनसुकै ठाउँबाट पनि सूचना हेर्न सकिन्छ । हाम्रो त एलर्ट म्यासेज नै आउँछ र हामीले स्थानीयलाई सावधान गराउँछौं ।’ यस्ता खतराका सूचना दुईदेखि छ घण्टा पहिले नै आफूहरुले थाहा पाउने उनले बताए ।

त्यस्तै, आगामी वर्षमा तिब्बतका हिमतालबाट आउने सम्भावित बाढी सूचना दिनको लागि नेपालका बोर्डरहरुमा पनि त्यस्तो प्रणालीको जडान गर्न थालेको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *